मानवसेवा आश्रममा दुईजनाको मृत्यु

मकवानपुर | पुस १२, २०८०

मानवसेवा आश्रममा दुईजनाको मृत्यु

मानवसेवा आश्रममा दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ।

 

मकवानपुर हेटौडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको हो।

 

आश्रममा बस्दै आएका २५ वर्षीय अमित विश्वकर्माको बिहिबार बिहान मृत्यु भएको हो। सोही आश्रममा बस्दै आएकी १९ वर्षीया पुजा मानवको मंगलबार १० गते  मृत्यु भएको थियो।  अमितलाई असार २७ गते मकवानपुर बकैया गाउपालिका-३  हात्तिसुडेबाट उद्धार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सिताराम रिजालले जानकारी दिए।


कालगतिले मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ,हामी बुझ्दैछौुं एसपी रिजालले भने।

 

उनका अनुसार दुई दिनअघि मृत्यु भएको पुजालाई २०७६ मंसिर १ गते बाग्लुङबाट उद्धार गरेर ल्याइएको थियो। उनको पनि कालगतिले मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको एसपी रिजालले जानकारी दिए। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्